Rule 8
भूमिकर ठेक्ने तरीका
हाकिमले भूमिकर ठेक्दा देहायका रीत बमोजिम ठेक्नेछ ः-
(क) “क” श्रेणीका विर्ता जग्गाको हकमा भूतपूर्व विर्तावाललाई बुझाई आए बमोजिम नगदी जिन्सी जे जे छ सोही बमोजिम ।
तर विर्तावालले केही नली त्यसै खान दिएको जग्गाका हकमा विर्तावालले विर्ता पाउँदाको लालमोहरमा उठती खाने गरी पाएको भन्ने लालमोहर पेश हुन आएमा सो बमोजिम र त्यस्तो लालमोहर नभएमा वा पेश नभएमा “ख” श्रेणीको विर्तामा लागे सरह भूमिकर ठेक्नेछ ।
(ख) “ख” श्रेणीको विर्ता जग्गामा त्यस्तै किसिमको आँठाको रैकर जग्गामा लागेको मालपोत बमोजिम ।
तर–
(१) आँठाको रैकर जग्गामा किसिम नखुलेको भए नियम ६ को उपनियम
(१) बमोजिम कायम गरेको किसिमको आधारमा हाल आवादीको दर बमोजिम गरी नगदीमा भूमिकर ठेक्नेछ ।
(२) आँठाको रैकरमा जिन्सी मालपोत लागेको रहेछ भने त्यस जिल्लाको स्थानीय मालका भाउले हुने नगदी अंक झिकी सोही नगदी अंकलाई नै भूमिकरको अंक कायम गरी ठेकिनेछ जिन्सी ठेक्ने छैन ।